विश्वका समस्या माथि लेकसाइडमा बहस

पाेखरा | जेठ १३, २०८०

विश्वका समस्या माथि लेकसाइडमा बहस

पोखरा:    फर्जी औषधीका कारण विश्वमा बढ्दै गएको खतरामा बहस भयो । अर्काे बहसचाहिँ विश्वमा बढ्दै गएको आर्थिक मन्दीमाथि थियो । विद्युतीय फोहोर अर्थात ई–वेस्टको सुरक्षित व्यवस्थापन बहसको अर्काे विषय भयो । 


पोखराको लेकसाइडमा शुक्रबार यस्तो बहसमा सहभागीचाहिँ विभिन्न ‘देशका प्रतिनिधि’ थिए । संयुक्त राष्ट्र संघको महासभामा देशहरुको प्रतिनिधित्व गर्दै आएकाहरु बहसमा जुटे । त्यसो त ती सहभागी प्रतिनिधि नेपालकै १५ जिल्लाबाट आएका हुन् । युथ थिंकर्स सोसाइटीले राष्ट्र संघको नमुना महासभा आयोजना जो गरेको थियो, जहाँ उनीहरु विभिन्न ८० देशको प्रतिनिधित्वको अभ्यास गर्दै थिए । 


महासभामा डेलिगेटहरु आफ्नो देशका समस्यामा केन्द्रित भएका थिए । शुक्रबारबाट सुरु भएको नमुना महासभा १४ गतेसम्म चल्ने आयोजक संस्था युथ थिंकर्स सोसाइटी (वाइटिएस)ले जनाएको छ । महासभामा १५ जिल्लाका एक सय २० जना सहभागी भएका छन् । उद्घाटन समारोहका प्रमुख अतिथि नेपालका लागि अमेरिकी राजदूतावासका एक अधिकारी धु्रव शाह थिए । 


शाहले नमुना महासभाले डेलिगेटलाई आलोचनात्मक विश्लेषण सीपहरूको वृद्धि, कसरी गर्न सकिन्छ भन्ने कुरा सिकाउने बताए । ‘यो एउटा अवसर हो । तपाईंहरुको यो प्रशिक्षण वा सिकाइमार्फत शैक्षिकसँगै राष्ट्रिय तथा विश्वव्यापी मुद्दाहरू कसरी उठाउने भन्ने जान्न बुझ्न अवसर पाउनुहुनेछ,’ शाहले भने । उनले यस्तो प्लेटफर्मलाई डेलिगेटले अवसरका रुपमा लिने विश्वास गरे । 


नमुना सभामा विश्वव्यापी समस्याहरूको सम्भावित समाधानहरू कसरी गर्ने भन्ने समाधानका उपायहरु पनि प्रस्तुत भएको थियो । विषय वस्तुमा केन्द्रित भएर भोटिङ गर्दा नीतिगत, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्धलाई मध्यनजर गर्नुपर्ने उल्लेख थियो । संस्थाका अध्यक्ष रिजन ढुंगानाले डेलिगेटहरुलाई सौहार्दपूर्ण वातावरणमा कार्यक्रममा सहभागी हुन अनुरोध गरे । उनले नमुना सभा एउटा सिकाइ भएकाले यसको भरपूर प्रयोग गर्न अनुरोध समेत गरेका थिए । कार्यक्रममा वाइटिएसका कोफाउन्डर क्षितिज भट्टराई उपस्थित थिए । अतिथिका रुपमा वामन घिमिरे उपस्थित थिए । कार्यक्रम पुष्पाञ्जली सापकोटाले सञ्चालन गरेकी थिइन् । कार्यक्रमको बारेमा प्रतीक पौडेल जानकारी गराएका थिए । 
 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्